हिँड्ने पहाड
एक दिनको कुरा हो, मरुभूमिमा ठुलो आँधी आयो । आँधीले धेरै बालुवा उडायो ।
बालुवाले उँटलाई पूरै पुर्यो । उसको जुरो मात्र देखिएको थियो ।
उँटको जुरालाई पहाड सम्झेर दुईवटा कछुवा जुरोमाथि चढ्न थाले ।
जब उँट हिँड्न लाग्यो । “ए, यो त हिँड्ने पहाड रहेछ !” भन्दै कछुवाहरू त्यहाँबाट झरे ।
उँटले यस्ता घटना धेरैपटक बेहोर्नु पर्यो । हिँड्ने पहाड भनेर धेरै झुक्किए।
‘साँच्चैको पहाड कस्तो हुँदोरहेछ ?’ उँटलाई जान्न मन लाग्यो । ऊ साँच्चैको पहाड हेर्न हिँड्यो ।
के उसले साँच्चैको पहाड फेला पार्ला त ?