जुनकिरीसँग के हुन्छ ?
जङ्गलमा सानो जुनकिरी उड्दै छ । तल घाँसमा हरियो घाँसे किथ्रो,
पखेटा फटफटाउँदै गरेकी पुतली पनि छ ।
घाँसका त्यान्द्राले बुनेर रुखमा झुन्डाएको जस्तो देखिने गुँडको बाहिर र भित्र गर्दै
गरेको तोप चरो छ । रुखहरू बिचको जालोमा पिङ खेल्दै गरेको माकुरो पनि छ ।
जुनकिरीले यी सबैको प्रशंसा गर्छ ।
तिनीहरूलाई राम्रो देखेर मनभित्र भने आरिस गर्छ ।
ऊ आफूलाई ती जस्तै राम्रो हुन सक्तिनँ कि भनेर सोच्छ ।
तिमीहरू जुनकिरीलाई उसमा भएको सुन्दरता पत्ता लगाउन
र त्यसले जङ्गल नै सुन्दर पार्न मदत गर्न सक्छौ ?